२०८२ असार २९, आईतवार १२:००

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २९, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल नै छ।



जिल्लाका हिसाबले आज संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च छ। अत: यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

साथै आज सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, गोरखा, धादिङ, मकवानपर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, रोल्पा, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, बागलुङ, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने महाशाखाले जनाएको छ। यसैले यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता जरुरी छ।

बाढी महाशाखाले उल्लिखित ३२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।

 

Comment


Related News

Latest News

Trending News