
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छाउगोठमा राख्नेलाई कारबाही गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छाउगोठमा राखेकै कारण कञ्चनपुरकी २८ वर्षकी कमला दमाईको मृत्यु भएको बताए।

मुलुकी ऐनमा समेत छाउपडीमा राख्ने वा अन्य कुनै भेदभाव गर्नेमाथि कारबाहीको व्यवस्था रहेको भन्दै तीनवटै सरकारलाई उनले प्रश्न गर्दै भने, ‘के सुदूरपश्चिममा अहिले पनि छाउपडी प्रथा रहिरनुपर्ने?’
छाउपडी देशकै लागि कलंक भएको भन्दै उनले छाउँगोठमा राख्नेलाई कारबाही गर्न माग समेत गरे। ‘जसले यो काम गरेको छ, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ सांसद सिंहले भने, ‘यो हाम्रो लागि ठूलो कलंक हो। यो कलंक देशको माथिह हो। लोकतन्त्र माथि हो।’
कञ्चनपुकारे कृष्णपुर–१ मा छाउगोठमा बसिरहेकी २८ वर्षकी कमला दमाईको शनिबार सर्पको टोकाइबाट निधन भएको थियो।