२०८२ असार २९, आईतवार २१:११

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि सदनलाई सम्बोधन गर्ने भएका छन्।

भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको हो।

कांग्रेस एमाले गठबन्धन सरकारको एक वर्ष, पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारमाथि उठेका प्रश्न लगायतको विषयमा केन्द्रित रहेर प्रचण्डले सदनलाई सम्बोधन गर्न लागेको जनाइएको छ।

प्रचण्डले सरकार असफल भएको भन्दै दुई दलबीचको अन्तर्विरोधले चाँडै ढल्ने दाबी गर्दै आइरहेका छन्।

Comment

Related News

Latest News

Trending News