२०८२ असार ३०, सोमबार ०८:३६

सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ ।

टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकी उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News