२०८२ असार ३०, सोमबार १२:४८

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

सुनकाे भाउ चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज ३० रुपैयाँले बढेर ताेलाकाे दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा काराेबार थियो ।

Comment


Related News

Latest News

Trending News