
मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र रेडबुकमा आपत्ति जनाउँदै प्रतिपक्षी दल जसपा नेपालले संसद बहिष्कार गरेको छ ।
सभामुख रामचन्द्र मण्डलले संसद सुरु गरे लगत्तै जसपा नेपालका सांसदहरू उभिएर विरोध जनाए ।


जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले बजेटमा बिचौलिया हाबी भएको कुरा आएपछि त्रुटि सच्याउन कार्यदल गठन भए तर रेडबुक नै संसदलाई छलेर ल्याएको कुरा बाहिर आएकाले अब अर्थमन्त्री सुनिल यादवको राजीनामा दिनुपर्ने माग गरे ।
उनले अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसदमा नबस्ने घोषणा गरे । उनको मन्तव्यपछि जसपा नेपालका सांसदहरू संसद बहिष्कार गरेका छन् ।
यता, सभामुख मण्डलले संसद सञ्चालन राखेका छन् । अर्थमन्त्री यादवले विनियोजन विधेयक २०८२ प्रस्तुत गरे । उनले विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्दै प्रस्ताव पनि गरेपछि सो विधेयकमाथि छलफल जारी छ ।