२०८२ असार ३१, मंगलवार ०८:००

सप्तरीको राजविराज नगरपालिकाका कार्यवाहक उपमेयर इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन् ।

नगरपालिकाको गाडीले ठक्कर दिए घाइते बनाएका बोदेवरसाइनका पीडितका परिवारजनले पालिकाको कार्यालयमा तालाबन्दी गरे पछि उनीहरु कार्यालमै थुनिएका छन् । नगरपालिकामा पटकपटक आन्दोलन गर्दा उनीहरूले आश्वासन मात्र पाएपछि सोमबार कार्यालय सञ्चालन रहेको अवस्थामा बाहिरबाट तालाबन्दी गरेका थिए ।



सप्तरीको बोदेवरसाइन नगरपालिका– १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा धर्नामा बसेका छन् । सो घटनाको महिनौँ बितिसक्दा पनि नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले जनाए । उपचार खर्च सहितको क्षतिपूर्ति अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको बाध्यता बताए ।

२०८१ माघ १ गते बोदेबसराइन नगरपालिका– ५ स्थित सडकखण्डमा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबसराइन नगरपालिका– १ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News