
महोत्तरीको गौशाला नगरपालिकामा रहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पदीय दायित्वबाट सामूहिक रुपमा राजीनामा दिएका छन् ।
गौशालामा मंगलबार सो नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । आर्थिक वर्षको अन्त्यतिर आईपुग्दामा पनि नगरपालिकाको कार्यालयले अत्यावश्यक रकमहरु निकासा नगर्दा विद्यालय संचालनको लागि सकस भएपछि बाध्य भएर राजीनामा दिनु परेको प्रधानाध्यापक गोपाल महतोले जानकारी दिए ।

प्रधानाध्यापक महतोले दिवा खाजा, पाठ्यपुस्तक, नन् सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम समेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भइ राजीनामा दिएको प्रधानाध्यापक महतोले बताए । उनीहरुको नगरपालिकाको कार्यालयमा राजीनामा बुझाएका छन् ।