
जनमत पार्टीका निलम्बनमा परेका उपाध्यक्ष ई. दिपक साहसहितका नेतालाई भौतिक कारबाही गर्ने जनमत पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले चेतावनी दिएका छन् ।
पार्टीका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध्यक्ष शाह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीको निर्देशन र सिद्धान्त विपरित कार्य गरिरहेको भन्दै भौतिक कारबाही गर्ने धम्कीसहितको चेतावनी उनले दिए । पार्टीलाई बदनाम गर्न सिरहामा गतिविधि गरिरहेको भन्दै कारबाही गर्न तीनैजना नेताविरुद्ध सिरहा इन्चार्ज यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन समेत दिएका छन् । सो निवेदनमै पार्टी विरोधी गतिविधि नरोकिए भौतिक कारबाही गर्ने उल्लेख गरिएको छ ।
भौतिक कारबाही गर्ने चेतावनीसहितको निवेदन जिल्ला प्रशासन कार्यालय सिरहाले दर्ता गरेको छ । पार्टीले कारबाही गरेपछि साहसहितका नेताहरुले ‘ जनसंवाद तथा स्वाभिमान यात्रा’ शुरु गरेका हुन् । सो क्रममा बारामा उनीहरुमाथि जनमतकै कार्यकर्ताले मोसो छ्यापेर दुव्र्यवहार गरेका थिए ।