२०८२ श्रावण १, बिहीबार १६:२०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै सार्वजनिक अडिओ आफ्नो नभएको दावी गरेका छन्।

आज मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन्।

यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता जोडिएको घुस प्रकरण विवादमा मन्त्री अधिकारी पनि मुछिएका छन्।

‘अहिलेसम्म यो अडिओमा बोल्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्। मेरो अडियो होइन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ’, उनले भने। उनले यो नितान्त चरित्रहत्या गर्न खोजिएको पनि बताए।

उनले आफ्नो अभिष्ट पूरा गर्न खोज्दा आफूले रोकेकाले यसरी विषय बाहिर आएको बताए। उनले भनेका छन्, ‘मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए। मैले हुन्न भनेँ। त्यसपछि यी कुराहरू बाहिर आए।’

११ मिनेट बढीको अडिओमा मन्त्री अधिकारीलाई ३२ लाख घुस डिलसँग जोडेर कुराकानी भएको सुन्न सकिन्छ।

Comment

Related News

Latest News

Trending News