
नेपाल–भारत सीमा अहिले धार्मिक कट्टरपन्थी गतिविधिको बढ्दो चपेटामा छ ।ः विदेशी फन्डिङ, घुसपैठबाट डेमोग्राफिक असन्तुल बनाउने प्रयास भइरहेकाको कुरालाई नजरअन्दाज गर्न सकिदैन । यो सिमा क्षेत्रमा धार्मिक कट्टरपन्थ, अवैध धर्मान्तरण र सुनियोजित जनसंख्यात्मक परिवर्तनको गम्भीर एक पछि अर्का खुलासा भइरहेका छन ।
भारतीय आयकर विभागको प्रारम्भिक अनुसन्धानमा १५० करोड भारतीय रुपैयाँ बराबरको अवैध फन्डिङको सुराक फेला परेको छ, जसको प्रयोग सीमावर्ती क्षेत्रमा मस्जिद, मदरसा, मजार र धर्मान्तरणमा गरिएको देखिएको छ । यस फन्डिङको मुख्य स्रोत दक्षिण भारतका केही धार्मिक संस्था रहेको प्रमाण भेटिएको बताइन्छ । नेपाल–भारत खुला सीमालाई माध्यम बनाएर दक्षिण एसियाली धार्मिक कट्टरपन्थी जेहादीहरूद्धारा चलाइएका गम्भीर रणनीतिक खेल गम्भिर सुरक्षा चुनौतिका कुरा हुन ।

मस्जिद–मदरसाको आडमा धार्मिक विस्तार, जनसांख्यिक पुनर्संरचना, घुसपैठले दुबै मुलुकको लागी ठुलो सुरक्षा चुनौती सिर्जना गरेको छ । भारत सरकारको आयकर विभाग र गुप्तचर निकायहरूले सार्वजनिक गरेका पछिल्ला विवरण र छानबिनले यो सीमावर्ती भूगोललाई ‘कट्टरपन्थी प्रयोगशाला’मा परिणत गर्ने विदेशी डिजाइनको भन्डाफोर गरेको छ । यता सिमामा गुणात्मक रुपमा बढेका मस्जिद मदर्शाको संख्या र मधेस आन्दोलन पछि नागरिकता बितरणमा लागु गरिएको सहजताले विदेशी जेहादी घुसपैठलाई ठुलो अवसर प्रदान गरेको शंकाव्यक्त गर्न थालिएको छ ।
जसले तराईमा ठुलो धार्मिक असन्तुलन निम्त्याएको आरोप लागन थालेको छ । आयकर विभागको गोप्य रिपोर्ट अनुसार, भारतको दक्षिणी राज्य तमिलनाडुबाट युपिआइ र नगद मार्फत करिब एक सय ५० करोडको रकम सीमावर्ती मुस्लिम खातामा स्थानान्तरण गरिएको छ । यसको प्रयोग मस्जिद, मदरसा, मजार निर्माण र अवैध धर्मान्तरणमा गरिएको भारतीय संचार माध्यमहरुले खुलासा गरेका छन । एउटा खातामा मात्रै ₹१२ करोड तमिलनाडु स्थित एक इस्लामिक संस्थाबाट आएको छ ।
रिपोर्ट अनुसार सिमावार्ती भारतीय शहरहरु बलरामपुर, बहराइच, श्रावस्ती, सिद्धार्थनगर, लखीमपुर, महराजगञ्ज, पीलीभीत लगायतका जिल्लाहरूमा यस्ता गतिविधिहरू निकै तीव्र छन् । भारत सरकारले आतंकवादविरुद्ध थालेको ‘ अपरेशन सिन्दूर’पछि सीमामा गस्ती, स्क्यानिङ र चेकपोष्टको निगरानी बढाइएको छ । तर नेपाली पक्षबाट भने त्योस्तरको सतर्कता देखिएको छैन ।
वीरगञ्ज–रक्सौलको मैत्री पुल क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी)ले बिगत एक महिनामा बङ्गलादेशी नागरिक सैयद इकबाल अहमद लगायत आधादर्जन बिदेशी नागरिकलाई भारतमा घुस्पैठ गरिरहेको अवस्थामा पक्राउ गरेको छ । तर नेपाल तर्फ खासै मतलब देखिदैन । सामाजिक सेवा, अनाथालय वा धार्मिक शिक्षालयको आवरणमा खोलिएका संरचनाहरू अहिले रणनीतिक र वैचारिक जेहादी अभियान सञ्जालका केन्द्र बन्दै गइरहेका छन् ।
सीमामा हिन्दू मन्दिर भन्दा मस्जिद र मदरसाको संख्या धेरै हुनुले धार्मिक असन्तुलन मात्र होइन, सामुदायिक तनावको बीउ रोप्ने खतरा पनि बढेको छ । सुरक्षा दृष्टिकोणले सीमा क्षेत्रमा यस्ता धार्मिक संरचना राष्ट्रहितमा भन्दा राष्ट्रविरोधी शक्तिको उपकरण बन्दै गइरहेका कुरालाई नकार्न सकिदैन । नेपालको चुप्पी र भारतको चनाखो रणनीति भारतले सीमामा शंकास्पद गतिविधि बढदै गएपछि व्यापक रूपमा कारबाही सुरु गरेको छ । २०२५ को पहिलो छमाहीमा मात्र उत्तर प्रदेश सरकारले सयौं अवैध मदरसा–मस्जिद ध्वस्त पारेको छ ।
छांगुर पीरजस्ता व्यक्तिको खातामा करोडौं रकम भेटिएको छ । तर नेपालमा भने विदेशी फन्डिङ र कट्टरपन्थी विस्तार सम्बन्धी विषयमा सरकारको ध्यान पुग्नै सकेको छैन । नेपाल तर्फ सिमामा रहेका जनपथ र सशस्त्रका चेकपोष्टहरूमा सतर्कता कमजोर छ । आप्रवासन कार्यालय पासपोर्टमा छाप लगाउने ‘ औपचारिक काम’मा सीमित छ ।
भारत विरोधी मोर्चालाई बलदिन पाकिस्तान र चीनको नेपालमा अदभुत सक्रियता रहेको आरोप लागने गरेको छ । यता टर्कीले पनि मानवीय सहायता र धार्मिक सेवाको नाममा वैचारिक जेहादी आधार तयार गर्न थालेको देखिन्छ । सुरक्षा विश्लेषकहरू भन्छन्, “यो रणनीति केवल सुरक्षा होइन, दीर्घकालीन कूटनीतिक असन्तुलनको तयारी हो ।” अन्तर्राष्ट्रिय चासो र लगानीका साथ धर्म परिवर्तन (धर्मान्तरण) गर्न खोजिएको गम्भीर खुलासा भएको छ । भारतमा पक्राउ परेका “छागुर बाबा“ नामक व्यक्तिको फन्डिङ नेटवर्कमार्फत नेपालमा पनि सुनियोजित ढंगले धर्मान्तरणको अभियान संचालन भइरहेको तथ्य उजागर भएको हो । “छागुर बाबा“ उर्फ अब्दुल हमीदले भारतको उत्तर प्रदेशको बहराइच जिल्लाबाट सञ्चालन गर्दै आएको यो नेटवर्क नेपालसँग पनि सशक्त रूपमा जोडिएको देखिएको छ ।
भारतमा अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार छांगुर बाबाले इस्लाम धर्मको प्रचारप्रसारको नाममा करोडौं रुपैयाँ विदेशी मुलुकहरू — विशेषगरी खाडी देशहरू, टर्की र युरोपबाट फन्डिङ लिँदै आएका थिए । यी पैसाको प्रयोग भारतमा मात्र नभई नेपालमा पनि गरिएको र नेपाल–भारत सीमावर्ती जिल्लाहरूमा मदरसा, मस्जिद र धार्मिक गतिविधिहरू बढाउने कार्यमा प्रयोग भएका छन । नेपालमा विदेशी लगानी मार्फत धर्मान्तरण नेपालको सर्लाही, पर्सा, बारा, रौतहटजस्ता जिल्लाहरूमा भारतको बिहार उत्तर प्रदेशबाट जेहादी नेटवर्कहरू प्रभाव फैलाउँदै गएका छन् ।
भारतमा पक्राउ परेका बाबाले भारतीय सुरक्षा एजेन्स समक्ष दिएका बयानमा नेपालका “सहयोगी संस्थाहरू“ तथा “सक्रिय व्यक्तिहरू“ को नाम लिएको बताइन्छ । छांगुर बाबाको “नेपाल इस्लामिक सेन्टर“, “नेपाल इस्लामिक काउन्सिल“, र “नेपाल कनभर्सन नेटवर्क“ नामक संस्थासँग गहिरो सम्बन्ध रहेको बताएको छ । जसको माध्यमबाट नेपालमा हिन्दू र बौद्ध धर्म मान्ने गरिब युवाहरुलाई इस्लाममा धर्मान्तरण गराउने प्रयास भइरहेको छ ।
नेपालमा मदरसा तथा मस्जिद विस्तारका नाममा लाखौं रुपैयाँको लगानी भइरहेको र केही मदरसाहरूबाट विदेशमा तालिम लिएर आएका व्यक्ति नेपालमा धार्मिक प्रचारमा सक्रिय रहेका छन । यस प्रकारको नेटवर्कले नेपालमा धार्मिक चरमपन्थ (राडिकलाइजेशन) र सामाजिक अस्थिरता निम्त्याउन निश्चित छ ।सीमा क्षेत्रमा दिनानुदिन बढ् दो मदरसा–मस्जिद निर्माण, विदेशी गैरसरकारी संस्थाहरूको संलग्नता, र सरकारी नियमनको अभावले नेपाललाई गम्भीर संकट तर्फ डोर्याउने सुनिश्चित छ ।
नेपालको संविधानले धर्म परिवर्तनमा रोक लगाएको भए पनि व्यवहारमा यस्तो गतिविधिमा संलग्न संगठन र व्यक्तिहरूले खुलमखुला काम गरिरहेका छन् । यस्तो अवस्थामा जेहादीहरु प्रति सरकारको मौनताको मुख्य कारण फोटलिप्सा बुझन सकिन्छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो, तर धर्मान्तरणको राजनीतिक र वैदेशिक उद्देश्यले गरिने प्रयासहरू संविधान, संस्कृति र सामाजिक सद्भावको उल्लङ्घन हो ।
फन्डिङ ट्रेलले नेपालमा पनि यस्ता गतिविधिहरूको पुष्टि गरिसकेको अवस्थामा सरकार र सरोकारवालाहरूको कर्तव्य झनै जिम्मेवार बन्नु पर्ने हो ,तर यस्तो देखिएको छैन ? नेपाल–भारत सीमा केवल सामाजिक सम्बन्धको सेतु भए पनि बिदेसीहरुको चहलखेलले, यो क्षेत्र धार्मिक कट्टरपन्थ, अवैध कारोबार, वैदेशिक प्रभाव र सुरक्षाको संवेदनशील मोर्चा बन्दै गएको आरोप पनि छन ।
यदि नेपाल सरकारले समयमै कानुनी, प्रशासनिक र कूटनीतिक संयन्त्र मार्फत नियन्त्रण गरेन भने, यो समस्या चाँडै दुवै देशका लागि राष्ट्रिय संकटमा बदलिन सक्छ । नेपाल–भारत खुला सिमाना शताब्दीयौंदेखि सामाजिक, सांस्कृतिक र आर्थिक आदानप्रदानको सशक्त आधार बनेको ऐतिहासिक तथ्य हो । तर पछिल्लो समयमा धार्मिक कट्टरपन्थ, अवैध धर्मान्तरण र जनसांख्यिक असन्तुलनको अखडा बन्दै गएको तथ्यहरू सरकारी अनुसन्धान निकायहरूको रिपोर्ट र भारतीय सञ्चारमाध्यमहरूमा व्यापक रुपले उजागर भइरहेका छन ।
तराईका सिमावर्ती गाउँगाउँमा हिन्दू बहुल जनसंख्या क्रमशः घट्दै गएको र मुस्लिम जनसंख्या तेज गतिमा बढ्दै गएको देखिएको छ । नेपालमा २० वर्षअघिसम्म ४.५% रहेको मुस्लिम जनसंख्या अहिले ९% नाघिसकेको छ र आगामी २० वर्षमा यो संख्या अझ बढ्ने प्रक्षेपण गरिएको छ । धर्मको नाममा भइरहेको यस्ता रणनीतिक गतिविधिहरूले केवल सीमा सुरक्षामै असर पु¥याउने होइन ।नेपाल–भारतको कूटनीतिक सम्बन्धमा पनि दीर्घकालीन खलल पु¥याउने संकेत देखिन थालेका छन ।
पाकिस्तान र चीनको भारतविरोधी मोर्चालाई बल पु¥याउने गरी नेपालको तराई क्षेत्रलाई सफ्ट इनफिल्ट्रेशन जोनको रूपमा प्रयोग गर्ने रणनीति अगाडि बढाएको हो, भन्ने चिन्ता देखिन थालेको छ । हाल देखिएको यो चुनौती केवल भारत वा नेपालको एकदेशीय विषय मात्र नभई दुवै देशको साझा सुरक्षा र सामाजिक स्थायित्वको विषय पनि हो े। यसका लागि हामि सजग हुनु पर्छ ।ः नेपाल सरकारले सीमा क्षेत्रमा विदेशी फन्डिङ र धार्मिक संस्था सञ्चालनमा कडाइ गर्नुपर्ने आवश्यकताका साथै भारत–नेपाल सुरक्षा साझेदारी अझ सशक्त र पारदर्शी हुन जरुरी छ ।दुवै देशको गुप्तचर संयन्त्रबीच नियमित सूचनाको आदानप्रदान र संयुक्त अनुगमन जस्ता कुराको पनि आवश्यकता औल्लयाउन थालिएको छ । यसका साथै स्थानीय समुदायमा धार्मिक सहिष्णुता र सामाजिक ऐक्यबद्धता कायम राख्न सचेतना कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण छन् ।