२०८२ श्रावण २, शुक्रबार ०७:५९

राष्ट्रिय एकता अभियान पर्साद्वारा वीरगञ्जमा आयोजित “जेहादी आतंकवाद र मधेश – नेपालको सुरक्षा चुनौती“ विषयक बहस कार्यक्रममा वक्ताहरुले भार त–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै आतंकवादी गतिविधि गर्दै विभिन्न समूहले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सो कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले आतंककारी गतिविधि विरुद्ध नेपाल सतर्क रहनु पर्ने आवश्यकतामा जोड दिए । मधेश – नेपालको सुरक्षाका लागी यस्ता आतंकवादी कारखाना चलाउने विभिन्न देशका दूतावास नेपालबाट हटाउन माग समेत गरे ।



Comment


Related News