
आज सुनचाँदीको भाउ सामान्य बढेकाे छ ।
आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ६५ रुपैयाँ कायम भएको थियो ।