२०८२ श्रावण २, शुक्रबार १४:१०

सत्तारूढ नेकपा (एमाले)ले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।

त्यस्तै, केन्द्रीय पदाधिकारी १५ सदस्यीय बनाइने सचिव योगेश भट्टराईले जानकारी दिए । केन्द्रीय कमिटीमा २५१ सदस्यीय हुने पनि भट्टराईले जानकारी दिए ।

उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए ।

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको बहस चर्को छ । ७० वर्ष र दुई कार्यकालको विधानको व्यवस्था कायम राख्नुपर्ने मत बैठकमा उठेको थियो । तथापि, नेताहरू उक्त प्रस्ताव लैजान सहमत भएका हुन् ।

विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि भदौ २०–२२ मा बस्ने विधान महाधिवेशनमा जानेछ ।

एमाले बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीका विषयमा पनि छलफल भएको छ । यसबारे पछि निर्णय गरिने नेताहरूले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News