
माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ। आज शुक्रबार दुई पार्टीबीच एकता घोषणा भएको हो।
एकता घोषणा समारोहलाई सम्बोधन गर्दै गौतमले आफू आज ज्यादै खुसी रहेको बताए। उनले अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसँग अंकमाल गरी खुसी व्यक्त पनि गरे। गौतमलाई नेपाल, खनालसहितका नेताले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।
उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका छन्।