२०८२ श्रावण ३, शनिबार ०९:५०

सर्लाहीको बरहथवा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) बैद्यनाथ दासलाई निलम्बन गरिएको छ ।

तस्करीसँग मोलमलाइ गरेको टेलिफोन कुराकानी सार्वजनिक भएपछि आठ महिनादेखि हिरापुर प्रहरी कार्यालयको इन्चार्जका रुपमा कार्यरत सइ दासलाई जिम्मेवारीमुक्त गरिएको हो । मोलमलाइको अडियो बाहिरिएपछि दासलाई इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको छ ।

दास निलम्बनमा परेसँगै हिरापुरमा नयाँ प्रहरी नायब निरीक्षक पठाउने तयारी गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए । डिएसपी राईका अनुसार तस्कर र सइ दासबिच भएको टेलिफोन अडियोको सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।

सार्वजनिक अडियोमा सइ यादवले एक जना तस्करसँग तस्करी कार्यमा सघाउनका लागि १८ हजार रुपियाँ माग गरेको सुनिन्छ । सइ दास यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि यसैगरी निलम्बनमा परेका थिए ।

Comment


Related News

Latest News

Trending News