२०८२ श्रावण ३, शनिबार १७:०८

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई ८ गोलले हरायो । बङ्गलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा भएको खेलमा नेपालले भूटानलाई ८ गोलको फराकिलो अन्तरले हराएको हो ।

नेपालका लागि मिना देउवाले ह्याट्रिक र पूर्णिमा राईले ह्याट्रिकसहित तीन गोल गरिन् । यस्तै कुसुम खतिवडाले एक गोल गरिन् । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।

प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ । यसअघि नेपालले श्रीलङ्कासँगका दुई खेलमा पनि जीत निकालेको थियो ।

नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जीत निकालेको छ ।

अङ्क तालिकामा नेपाल पाँच खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बङ्गलादेश १२ अङ्कका साथ दोश्रो स्थानमा छ । आजै बेलुका बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । नेपालले पर्सि सोमवार बङ्गलादेशसँग खेल्नेछ ।

Comment


Related News

Latest News

Trending News