
जनकपुरधाम उपमहानगरपाािलका वडा नम्बर १६ मा वडास्तरीय निःशुल्क कम्प्युटर तालिम प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाममा शनिबार एक कार्यक्रमबीच तीन महिने तालिमको क्रममा भएको परीक्षामा उत्कृष्ट परिणाम ल्याएका दुई जना परीक्षार्थीलाई कम्प्युटर सेटसहितबाट जनकपुरधाम उपमहानगरपालिका– १६ का वडाध्यक्ष रामचन्द्र पँजियार र ज्येष्ठ नागरिक रामपरी बरहीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरणसहित सम्मान गरेका छन् ।


सो तालिममा कक्षा ८ देखि कक्षा १० सम्मका २५० जना छात्र तथा छात्रा सहभागी भएका थिए । सोक्रममा भएको परीक्षामा बिटु मण्डल र प्रतिभा पण्डितले बराबरी परिणाम ल्याएपछि दुवैजनालाई कम्प्युटर सेटबाट वडाध्यक्ष पँजियारले पुरस्कृत गरेका थिए । सो कार्यक्रममा वडाध्यक्ष पँजियारले अहिलेसम्म विकास निर्माणलाई प्राथमिकता दिएर आफूहरु कार्य गर्दै आइरहेको बताउँदै उनले अबको दिनमा शिक्षा, स्वास्थ र रोजगारलाई प्राथमिकता दिइने बताए ।
वडाध्यक्ष पँजियारले यस वडामा शिक्षाप्रति आफूले शुरुको दिनमा ध्यान दिन नसके पनि अबको दिनमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिने बताए । उनले आउने दिनमा छिट्टै नै विद्यार्थीलाई मध्यनजर गर्दै कोचिंग सञ्चालन गरिने बताए भने लोकसेवाको तयारीका लागि पनि कक्षा सञ्चालन गर्ने योजना रहेको बताए । वडाध्यक्ष पँजियारले आफ्नो निजीस्तरबाट सो तालिम कार्यक्रम आयोजना गरेका थिए ।
सो कार्यक्रममा वडाअध्यक्ष पँजियार, लालोदेवी यादव वडा सदस्य, फुलगेन मुखियालगायतका समेत सहभागी थिए ।