२०८२ श्रावण ४, आईतवार १६:४७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा होमिएकी भण्डारीको सदस्यतासम्बन्धी विवाद देखिएको छ ।


