२०८२ श्रावण ५, सोमबार ०७:१६

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

काठमाण्डु जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।



चैत २५ गते उनीविरुद्ध जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो । पूर्वप्रदेश प्रमुख झा २०७७ फागुन ७ गते मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । फौजदारी कसुरमा काठमाण्डु जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । सो घटना २०८१ जेठ ४ गते भएको थियो ।

युवतीका अनुसार पूर्वप्रदेश प्रमुख झाले कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेका थिए । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडित युवतीको भनाइ छ । पीडित युवतीले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले लामो समयसम्म आलटाल गर्दै आएका थिए ।

मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणाी साप्ताहिक पत्रिका प्रकाशन लगायतका संचार उद्यममा जोडिएका थिए ।

तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई मधेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

Comment


Related News