२०८२ श्रावण ५, सोमबार १३:३२

स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ।  नेपाल सूनचाँदी व्यवसायी महासंघकाे तथ्यांकले यस्ताे देखाएकाे हाे।

महासंघले जारी गरेको मूल्य सूचीअनुसार आइतबारको तुलनामा सुन प्रतितोला चार सय रूपैयाँले बढेर एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको हो।

आइतबार सुन प्रतिताेला एक लाख ९३ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे।

सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार नै अहिलेसम्मको उच्च मूल्य पुगेको थियो।

आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ६७.४१ डलर पुगेको छ। चाँदीको मूल्य प्रतिऔंस ३८.३३ डलर पुगेको छ।

Comment

Related News

Latest News

Trending News