२०८२ श्रावण ५, सोमबार १३:५१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै प्रकारको मतभेद नरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत मतभेद नरहेको बताएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

“पूर्वराष्ट्रपतिको आग्रहमा नै कार्यालयमा भेट भएको हो । उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबीचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन, यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ,” उनले भने ।

उनका अनुसार, बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन आग्रह गरेका छन् ।

ओलीले एक लाख ३९ हजार पार्टी सदस्य थपिएकाले ०८४ मा एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News