२०८२ श्रावण ५, सोमबार १५:५६

शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको आरोपमा अग्रवाल पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगन्जका प्रवक्ता अपिल बोहोराका अनुसार अग्रवाललाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।



‘उनलाई ठगी र अपराधी केसमा पक्राउ गरेको हो’, बोहोराले भने, ‘शेयरको ठगी तथा अपराधी विश्वास घातमा पक्राउ परेको हो ।’

अग्रवाललाई उजुरीका आधारमा पक्राउ परेको बोहोराले जानकारी दिएका छन् । अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News