
मुख्यमन्त्री सतीशकुमार सिंहले निजी अस्पताल सुधारका लागि थालिएको अभियान शिथिल भएपछि सेटिंगमा विस्तारै सञ्चालनमा आउन थालेको छ ।
मधेश प्रदेशको पर्सा, बारा, सर्लाही, धनुषा, सप्तरी, सिरहालगायतका जिल्ला मुकाममै निजी अस्पतालमा रातारात अनुगमन गरी थालिएको कारबाही अभियान केही महिनापछि नै शिथिल भएको छ । सो उद्देश्यविहीन अभियान समापन नभए पनि अनुमगनका क्रममा अवैधानिक भनिएका अस्पतालहरु विस्तारै विस्तारै सेटिंगमार्फत सञ्चालनमा आउन थालेको जनगुनासो रहेको छ ।

सर्लाहीको मिथिला डेन्टल क्लिनिकमा अनुमगनको क्रममा अवैधानिक भएको ठहर गर्दै ताल्चा लगाएको थियो । मुख्यमन्त्री सिंहको अगुवाइमा चलाएको ‘अप्रेसन अस्पताल’ अभियानअन्तर्गत नै ताल्चा लगाइएको थियो । तर अस्पतालको अनुगमन अभियान रोकिएपछि सो अस्पताल अहिले सञ्चालनमा रहेको छ ।
मलंगवाकै देवश्री पोलिक्लिनिक प्रालि पनि बन्द गराइएको थियो । अहिले सो अस्पताल पनि सञ्चालनमा आइसकेको छ । त्यस्तै पर्साको वीरगञ्जस्थित नेपाल इन्डो हस्पिटल एन्ड आइ केयर सेन्टर प्रालि पनि मापदण्ड नपुगेको भन्दै बन्द गराइएको थियो । मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनिए पनि यो अस्पताल अहिले पुरानै तरिकाले सञ्चालनमा ल्याइएको छ ।
अधिकांश जिल्लामा भने प्रदेश सरकारकै मिलेमतोमा सेवा शुरु गरिएको आरोप रहे पनि अधिकांश स्थानीय तहको अनुमतिले सञ्चालनमा आएका स्वास्थ्य मन्त्रालयबाट अनुगमनमा खटेका सन्तोष ठाकुरको दाबी छ । तर स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै अस्पतालहरू जवर्जस्ती खोल्न लगाएको जनाएको छ ।
बाराको कलैया, सर्लाहीको लालबन्दी, मलंगवा, सिरहको मिर्चैयासहित विभिन्न ठाउँमा बन्द गराइएका निजी अस्पतालहरू सञ्चालनमा आइसकेका छन् । प्रदेश सरकारले करिब सात महिनासम्म अवैध अस्पतालहरूको गतिविधिबारे स्थलगत अनुगमन चलाएको थियो ।