२०८२ श्रावण ७, बुधबार ०७:५७

मधेश प्रदेशमै जनकपुरधाममा एक निजी अस्पताल गम्भीर प्रकृतिको उपचार सफलतापूर्वक गरिरहेको दाबी गरिएको छ ।

जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन आयोजन गर्दै न्यूरो अस्पताल जनकपुरधामका सञ्चालक विजय राउतले गम्भीर प्रकृतिका उपचार सफलतापूर्वक हुने गरेको बताए । यस अस्पतालमा हुने गरेको उपचार ९५ प्रतिशतभन्दा बढी सफलतापूर्वक शल्यक्रियामार्फत उपचार गरेर विरामी निको भएर जाने गरेको उनले बताए ।



उपचारका क्रममा मृत्यु भएका धनुषाका बालक आयुष साहको घटनामा आफ्नो पक्ष सार्वजनिक गर्दै आरोप निराधार रहेको दाबी गरे । अस्पतालका सञ्चालक राउतले बालकको अवस्था अस्पतालमा ल्याउनु अघि नै अत्यन्त गम्भीर (क्रिटिकल) रहेको स्पष्ट पारे । सञ्चालक राउतले भने, “माघ १९ गते भर्ना गरिएलगत्तै गरिएका परीक्षणहरूबाटै थाहा भयो कि बालकको अवस्था अन्तिम चरणमा थियो । सिटी स्क्यानसहित अन्य रिपोर्टले देखाएको अवस्था उनका अभिभावकलाई पनि तत्कालै जानकारी गराइएको थियो ।” उनले अघि थप्दैँ भने, “जहाँ लगे पनि बाँच्छ भन्ने अवस्था थिएन। तर मानिसले ग्यारेन्टी खोज्छ, जुन डाक्टरको हातमा हुँदैन ।”

परिवारले बालकलाई काठमाण्डुस्थित ट्रमा सेन्टर लगेको थियो, जहाँका चिकित्सकहरूले पनि यस्तै प्रतिक्रिया दिएका थिए । तथापि सामाजिक सञ्जालमार्फत अस्पताललाई बदनाम गराउने प्रयास भएको र यसबाट दुःख लागेको अस्पतालले जनाएको छ ।

सो अस्पतालमा ४० देखि ४५ लाख रुपैयाँ खर्च भएको भन्ने अभिभावकको दाबीबारे बोल्दै सञ्चालक राउतले वास्तविक खर्च करिब १० लाख रुपैयाँ रहेको बताए । सञ्चालक राउतले संवेदनशील घटनालाई अनावश्यक विवादमा नतानेर यथार्थ बुझ्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News