
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा नेतृत्वको सरकारको दोहोरो नीतिप्रति आक्रोश पोखेका छन् ।
उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सरकारले आफ्नो द्वैध चरित्र त्याग्न आग्रह समेत गरे । उनले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराउँदैे मधेशको सिँचाइ र खानेपानी समस्या समाधान गर्न माग गरे ।

उनले मधेश प्रदेशमा डिप बोरिङ र विद्युतीय सिँचाइ प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । विगत वर्षहरूमा समेत विपद्बारे राख्दै आएको पनि सरकार गम्भीर नहुँदा संकट उत्पन्न भएको उनले बताए ।
उनले मधेशमा घट्दै गएको पानीको सतह कम भएकाले त्यसप्रति तत्काल काम थाल्नुपर्ने बताए । उनले मधेश प्रदेशको सुक्खा क्षेत्रमा २४ औँ घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग समेत गरे । उनले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्नुपर्ने दोहो¥याए ।