२०८२ श्रावण ९, शुक्रबार १५:३५

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ कायम छ । बिहीबार (साउन ८) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News