२०८२ श्रावण १०, शनिबार ०७:५५

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दुःख दिएको बताएका छन् ।

मटिहानीमा शुक्रबार अध्यक्ष ठाकुरले देशमा भएको राजनीतिक परिवर्तन आन्दोलनहरुका उपलब्धि रहेको भन्दै मधेश आन्दोलनमा लागेका महोत्तरीका चार जना नेतालाई लगाइएको झुटा मुद्दा फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।



महोत्तरीको मटिहानीमा बिग्ही पुल र प्रसूति गृह उद्घाटनपछि आयोजित समारोहमा सहभागी प्रधानमन्त्री ओलीलाई सुनाउँदै लोसपा अध्यक्ष ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई फसाएर जन्मकैदको फैसला भएको र कतिपयलाई जेलमा बन्द गरिएकोले सरकारले उनीहरुमाथि लगाएको झुटा मुद्दा फिर्ता लिनुपर्ने बताए ।

ओली सरकारकै नेतृत्वमा ३ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना भएको मधेश आन्दोलनका आन्दोलनकारीको मुद्दा फिर्ता लिएको उल्लेख गर्दै उनले बाँकी मुद्दासमेत फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । अध्यक्ष ठाकुरले लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, लोसपाका नेताहरु सुरेश पाण्डे, धर्मेन्द्र राउतलाई झुट्टा मुद्दामा षड् यन्त्रपूर्वक फसाइएको दाबी गर्दै उनीहरुको मुद्दा फिर्ता हुनु पर्ने बताए ।

मधेश आन्दोलनको बेला भीडले घटना गराउँदासमेत राज्यले आन्दोलन गर्नेहरुलाई खोजीखोजी फसाएको अध्यक्ष ठाकुरले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News