
आज २३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुासर आज रामेछाप,दोलखा, सिन्धुपाञ्चोक, नुवाकोट जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै सोलुखुम्बु, रसुवा, धादिङ, काभ्रे, मकवानपुर, कास्की,गोरखा, लमजुङ, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, बझाङ, डडेलधुरा, डोटीमा पनि बाढीको मध्यम जोखिम रहेको छ ।
बाढीको जोखम भएका र आसपासका जिल्ला भएर बहने खोला तथा नदी तटीय क्षेत्र आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको छ । राति पनि मधेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ । गएराति सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको थियो ।