
भारतको बिहार प्रदेशमा सीता माताको ऐतिहासिक विभिन्न धार्मिक स्थल निर्माणमा केन्द्र सरकारदेखि बिहार प्रदेश सरकार जुटेका छन् ।
उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माण भएपछि सीताको जीवनपद्धतिसंग जोडिएका विभिन्न धार्मिक स्थलहरु सीतामढीस्थित पुनौराधाम र मधुवनी जिल्लाको फुलहरमा रहेको गिरिजा स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास प्रदेश सरकारले ३१ करोड भारतीय रुपैया(४९.६० करोड नेपाली) रुपैयाँको बजेट शनिवार घोषणा गरिएको छ ।

गिरिजा स्थानमा भगवान सीता र रामको पहिलो भेंट भएको रामायणमा वर्णन गरिएको छ । गिरिजास्थानको पर्यटकीय विकासका लागि मुख्यमन्त्री नितेश कुमारले सो योजनाको घोषणा गरेका छन् ।
भारत सरकारको गृहमन्त्री अमित शाहले आगामी ८ अगस्तमा एकदिवसीय भ्रमण अन्तर्गत सीतामढीस्थित पुनौराधाममा निर्माण हुने माता जानकीको भव्य मन्दिरको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । भारत सरकारले मन्दिर र पुनौराधामको विकासका लागि ८ अर्ब ८० करोड भारतीय रुपैया( १४ अर्ब ८ करोड)नेपाली रुपैयाको बजेट छुट्टयाएको छ ।