२०८२ श्रावण ११, आईतवार ०७:२७

नेपाल विकास समाज, भरतपुर चितवनले जनकपुरधाम उपमहानगरपालिकासंगको सहकार्यमा संचालन गरेको ‘घरेलु फोहरको उचित व्यवस्थापनमार्फत नेपालमा जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्यमा सुधार परियोजना’को समग्र समीक्षा बैठक सम्पन्न भएको छ ।

सो समीक्षा बैठकमा सहभागी सरोकारवालहरुले सरसफाई, फोहर व्यवस्थापन, वातावरण संरक्षण, कौशी खेतीलगायतका मानकहरुमा नगरपालिकाभित्र सकारात्मक प्रभाव पारेको यस परियोजनालाई निरन्तरता दिनु पर्ने सल्लाह दिएका थिए ।

नेपाल विकास समाज, भरतपुर चितवनले जनकपुरधाम उपमहानगर पालिकाभित्रका ५ वडाका १५१ घरधूरीलाई लक्षित गरी सरसफाई, फोहर व्यवस्थापन, वातावरण संरक्षण, सफाईकर्मीहरुको स्वास्थ्य जाँच तथा जुत्ता, ग्लोब्स, एप्रोन आदि वितरणसंगै कौशी खेती र करेसावारी खेतीबारे तालिम, आवश्यक वस्तु आपूर्ति गर्दै आएको थियो ।

२०२२ को जनवरीदेखि शुरु उक्त परियोजना २०२५ को सेप्टेम्बरमा सम्पन्न हुँदै छ । तीन वर्षे उक्त परियोजनाबाट प्राप्त उपलब्धि, चुनौती तथा भविष्यमा बनाउनु पर्ने रणनिती तथा परियोजनाको समीक्षा गर्न बोलाइएको सरोकारवालहरुको बैठकमा प्रदेश सांसद शारदा थापा, कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहाल, स्वास्थ्य निर्देशनालयका डा. निर्भयशंकर झा, लाइभस्टोक डेभलप्मेन्ट अफिशर डा. शिवनन्दन यादव, नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रका अमितकुमार झा, डा.श्रुति मिश्रा, कृषि ज्ञान केन्द्रका डा. कामचन्द्र यादव, जिल्ला वनकार्यालयका बेचन ठाकुर, कृषि विकास निर्देशनालयका संदीप ठाकुर, डिभिजन वन कार्यालयका प्रमुख डा. विपिनकुमार झा, जनकपुरधाम उपमहानगरपालिकाका कृषि शाखा प्रमुख रामकृपाल यादव, उमाशंकर मल्लिक, विमल प्रसाद साह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सन्तोष कुमारलगायत सहभागी थिए ।

जउनपा कृषि शाखा प्रमुख रामकृपाल यादवको प्रतिक्रिया थियो– ‘परियोजनाको धेरै कार्यक्रममा सहभागी हुने मौका पाएको थिए। तर जब म सहभागीहरुले आफ्नो घर दैलोमा गरेको कौशी खेती हेर्ने मौका पाए अनि परियोजनाको लक्ष्यबारे बुझे ।’ नेपाल विकास समाजका केन्द्रीय सदस्य इञ्जिनियर काली दास न्यौपाने, परियोजनाकी निर्देशका गीता साह, अंत्राकापर, मोनिका चौधरी र विपन तिवारीलगायतले परियोजनाबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए ।

Comment


Related News

Latest News

Trending News