
नेपाल विद्युत प्राधिकरणले सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै मनसुन सुरु नभएसम्म सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

तराईका जिल्लाहरुमा सुख्खा खडेकीका कारण रोपाइ गर्न पानी नभएपछि मोटर तानेर सिँचाइ गरिरहेकाले यस्तो सूचना जारी गरेको प्राधिकरणले जनाएको छ ।
यस वर्ष लामो सयमदेखि तराईका जिल्लाहरुमा सुख्खा खडेरीका कारण अत्याधिक गर्मी बढ्न गई वितरण लाइनको संरचनाहरु ओभरलोडमा संचालन भई न्युन भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
साथै बढी विद्युत खपत गर्ने उपकरणहरु कम मात्रामा चलाई विद्युत व्यवस्थापनमा सहयोग गपरदिन अनुरोध समेत गरेको छ । यसअघि शनिबार साँझ प्राधिकरणको चनौली वितरण केन्द्रले आज दिनभर चितवनमा बत्ति जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङ भएको भन्दै आलोचना भएको थियो ।