२०८२ श्रावण ११, आईतवार १९:२०

मधेश प्रदेशका विभिन्न जिल्लामा चैतयता सिँचाइका लागि ३ सय वटा ‘डीप बोरिङ’ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ ।

मधेश प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालयस्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आज प्रारम्भिक जानकारी गराउने क्रममा यस्तो बताएको हो । त्यसैगरी विभिन्न ठाउँमा सिँचाइ प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही ठाउँमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिँचाइ हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ ।



मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेश प्रदेशमा परिचालन भएको टोलीसहित सबै मन्त्रालयका सचिवहरूसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भिक जानकारीबारे छलफल गर्नुभएको छ । छलफलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दे उहाँले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार कार्यान्वयनमा जाने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News