२०८२ श्रावण १२, सोमबार ०७:३४

इन्सेक (इनफर्मेसन नेटवर्क फर सोशल जस्टिस एण्ड ह्युमन राइट्स) का संस्थापक महासचिव तथा अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन–जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने जनाएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिअनुसार सार्वजनिक रूपमा गरिएको आह्वानमा प्राप्त ४० जना मनोनयनमध्ये यादवलाई पर्यावरणीय अधिकारका क्षेत्रमा सम्झौतारहित संघर्ष र योगदानका आधारमा छनोट गरिएको छ । पुरस्कार छनोट समिति इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठन गरिएको थियो ।



समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य थिए । बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित मौवाहीका यादव सन् २०७४ सालदेखि चुरे संरक्षण तथा वातावरणीय अधिकारको क्षेत्रमा क्रियाशील छन् । उनले चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखा परिरहेका जलवायु संकट र वातावरणीय असरबारे सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै विविध सचेतनामूलक अभियान, जनपरक कार्यक्रम र नीति पैरवी गर्दै आएका छन् ।

पुरस्कार अन्तर्गत यादवलाई आगामी साउन १६ गते काठमाडुमा हुने ३३औँ प्रकाश स्मृति दिवसको अवसरमा नगद ५० हजार रुपैयाँ, सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिनेछ । सो पुरस्कारले चुरे संरक्षण जस्ता महत्वपूर्ण वातावरणीय मुद्दामा क्रियाशील व्यक्तिहरूको योगदानलाई उत्साहित गर्ने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News