२०८२ श्रावण १२, सोमबार ०९:५१

अब सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरूको वाईफाई बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा दिइरहेको वाईफाई बन्द गर्नु गरी विनियमावली संशोधन भएको प्राधिकरणले जनाएको छ ।



प्राधिकरणका अनुसार अरू संस्थाले कुनै भवन वा भवनले ओगटेको घर कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैंचा लगायत सार्वजनिक ठाउँले ओगटेको निश्चित क्षेत्रफल भएको ठाउँमा वाईफाई सञ्चालन गर्न पाउनेछन् ।

यस्तै, यस्ता संस्थाले एक पटकमा निश्चित समयावधिको लागि वा निश्चित मात्रामा मात्र सार्वजनिक ठाउँमा वाईफाई हटस्पट स्थापना गर्न सक्ने व्यवस्थामा भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News