२०८२ श्रावण १२, सोमबार १३:०१

वर्षासँगै आएको बाढी र पहिरोले विभिन्न सात ठाउँका सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र जाजरकोटमा गएरातिदेखि सडक अवरुद्ध भएको हो भने अरू तीन ठाउँका सडक भने यसअघि नै अवरुद्ध भएर सञ्चालन हुन नसकेका हुन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका ५ चालिसेमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग र रसुवाको गोसुाईकुण्ड गाउँपालिका २ मा पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।



जाजरकोटको छेडागाड नगरपालिका ३ दंखेरी भिर गिट्टिखोलामा पहिरोका कारण मध्य पहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसअघि अवरुद्ध भएका कर्णाली करिडोर अन्तर्गत हुम्ला, भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट र कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोलाको सडक अझै खुल्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News