
देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध छन । बैतडीको पाटन नगरपालिका ४ जेउडेमा आज बिहान पहिरो जाँदा दशरथचन्द राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी पहिरोले हिजोदेखि अरनिको राजमार्ग अवरुद्ध छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ हावाडाँडामा गएको पहिरोले हिजैदेखि अवरुद्ध बेँसिशहर मनाङ सडक खण्ड अझै खुलेको छैन ।

उता रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीले अवरुद्ध जाजरकोट डोल्पा भेरी करिडोर महिनादिन देखि अवरुद्ध छ ।
यस्तै बैतडीको पाटन नगरपालिका ४ जेउडेमा पहिरोले दशरथ चन्द राजमार्ग पूर्णरुपमा अवरुद्ध भने सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा अविरल वर्षाले गएको जेठ ६ गतेदेखि अवरुद्ध कोशी राजमार्ग अझै खुल्न सकेको छैन ।
यस्तै चन्द्रकोट गाउँपालिका ८ तल्लोफाँटमा पहिरोले रिडी वामी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
त्यस्तै सत्यवती गाउँपालिका –६ डहरे खोला सडक भने अहिले खुलेको प्रहरीले जनाएको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत डहरे खोलामा पानीको सतह घटेपछि सडक केहीबेर अघिदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिनुभएको छ ।