२०८२ श्रावण १३, मंगलवार १२:५१

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा रहेको थियो ।



यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ९५ रुपैयाँ कायम भएको थियो ।

Comment


Related News

Latest News

Trending News