२०८२ श्रावण १३, मंगलवार १८:१०

समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिनुभयो । उहाले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताउनुभयो ।



त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समिक्षा भएको बताउनुभयो । उहाले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अव सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गर्नुभयो ।

बिगतमा भएका कमीकमजोरीहरुलाई सच्चाएकार अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उहाले बताउनुभयो ।

विश्वकर्माले भाद्रको अन्तिमतिर देशव्यापीरुपमा मोर्चाको कार्यक्रमहरुलाई अघि बढाइने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News