२०८२ श्रावण १४, बुधबार ११:२८

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय १० किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News