
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ ।
विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले मंगलबार निर्वाचन आयोगमा दर्ता गराएको हो ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर उक्त निर्णय पार्टीभित्रै विवादित बनेको थियो ।
पार्टी अनुशासन समितिले चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन चेतावनी दिएको थियो ।
रामलाल डगौरा संयोजक रहेको अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् । समयमै जवाफ नआएपछि समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।
नाउपाका अनुसार अनुशासन समितिको कारबाहीलाई राजधानीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ ।