
स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ ।
चाँदी आज ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २७० रुपैयाँमा भइरहेको छ ।