२०८२ श्रावण १५, बिहीबार १३:५७

आज दोलखा, सिन्धुपाञ्चोक, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी, डडेलधुरामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका र आसपासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



यसैबीच आज मधेश प्रदेशसहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेश प्रदेशलगायत बाँकी तराई भू-भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा तराई भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News