
सात दलीय गठबन्धन सरकार बनेको एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका छन् ।
उनले मन्त्रिपरिषद्मा फेरबदलका लागि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा संवाद गरिरहेका छन् ।

गठबन्धन दलका सबै मन्त्रीहरू हेरफेर गर्ने गरि ओलीले कांग्रेससहितका दलसँग संवाद थालेका हुन् । बालुवाटारमा जारी छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।
एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमालल सहभागी छन् । महान्ययाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी छन् ।