
नागरिक उन्मुक्ति पार्टी(नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउदै चौधरीलाई अध्यक्ष चयन गरेको हो । लालवीर चौधरी नाउपाका संरक्षक रेशम लाल चौधरीका बुबा हुनुहन्छ ।

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिबिधान अनुसार अघि बढाउने बताउनुभयो । उहाले पार्टीभित्र निकास निकाल्नका लागि आफु गम्भीर रहेकाले भन्दै आफ्ना कुराहरु पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिनुभयो ।
रञ्जिता श्रेष्ठले डेड बर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताउनुभयो ।
पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफु अघि बढ्ने उहाले बताउनुभयो ।