२०८२ श्रावण १६, शुक्रबार ०८:४४

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै ठाउँहरुमा तथा तराई भू-भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।



यस्तै राति कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै ठाउँहरुमा तथा बाँकी तराई भू-भागका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई ठाउँमा राति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

Comment


Related News