२०८२ श्रावण १६, शुक्रबार १८:१५

धनुषाको ठेराका नागरिक समाजका अगुवाहरुले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले नेपाल सरकारले लागु गरेको नियमअनुसार वडामा दर्ता गराई ऋण दिने केही साहू महाजनहरुको बिच्चली भएको भन्दै अदालतको निर्णय कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई अदालतले गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले आनाकानी गरेको आरोप लगाएका छन् ।



उनिहरुले प्रहरी प्रशासनको कुनियतका कारण ऋण दिने साहु नै अन्यायमा परेको गुनासो गरेका छन् । उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दायर गरी सो मुद्दाहरुमा मातहतका प्रहरी कार्यालयलाई लेनदेनको विषयमा कुनै प्रकारको दवाव नदिनु नदिलाउनु भनि अन्तरीम आदेश जारी भए पश्चात पनि प्रहरीबाट फोन मार्फत विभिन्न प्रकारको दवाव दिएको उनिहरुको गुनासो छ ।

विभिन्न समितिको नाममा गाउँघरमा गलत हल्ला फैलाएर केही व्यक्तिहरुले आतंक मचाउन खोजेको भन्दै सरकारसंग त्यस्ता व्यक्तिलाई कारवाही गर्नुका साथै अदालतले दिएको फैसला कार्यान्वयनमा सहजिकरणका लागि आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको उनीहरुको कथन छ ।

 

Comment


Related News

Latest News

Trending News