२०८२ श्रावण १७, शनिबार ०७:०८

जनमत पार्टीका निलम्बनमा परेका उपाध्यक्ष ई. दीपककुमार साह आफूलाई विस्तृत जानकारी नगराएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।

आफूलाई स्पष्टीकरण सोधेर निलम्बन गरेको कारणसहितका प्रमाण दिन जनमत पार्टीसंग पटक पटक कागजात माग गर्दा पनि नदिएको भन्दै साह आयोगमा पुगेका छन् ।



साहले २०८२ साल असार ८ गते पार्टीको केन्द्रीय कार्यालयको इमेल र सूचना अधिकारीको ह्वाट्सएपमार्फत निवेदन बुझाउँदै निलम्बनसम्बन्धी निर्णय, त्यसको कानुनी आधार, बैठक कार्यवृत्त तथा प्रमाणहरू सूचना ऐन २०६४ बमोजिम माग गरेका थिए । तर सो निवेदनमा कुनै प्रतिक्रिया नआएपछि कानुनी अधिकार प्रयोग गर्दै साहले आयोगमा पुनरावेदन गरेका छन् ।

योजनाबद्ध ढंगले आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उपाध्यक्ष साहले यसबारे २०८१ असोजमै पार्टीको स्थायी समितिमा जानकारी गराए पनि आवश्यक प्रमाणहरू उपलब्ध नगराइएको दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News