२०८२ श्रावण १८, आईतवार ०७:१९

कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विधेयक पेश गर्ने निर्णय गरेको र विधेयक पास भएपछि भाषा आयोगले सिफारिस गरे अनुसार कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जनाए ।



त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नाम कोशी प्रदेश सरकार, विराटनगर नेपाल लेख्ने निर्णय पनि गरेको छ । प्रदेश सरकार कोशी प्रदेशले प्रदेश सरकारको उपस्थिति नदेखिए जस्तो भएकोले प्रदेश सरकारको नामकरण परिवर्तन गरिएको मन्त्री भण्डारीले बताए ।

त्यस्तै बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको मन्त्री भण्डारीले बताए । उनले कोशी प्रदेश तथ्यांक सम्बन्धी विधेयक पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको बताए ।

Comment


Related News

Latest News

Trending News