२०८२ श्रावण १८, आईतवार १३:४७

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ।

बिहान करिब १०:३० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो।



दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिल कुमार क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको छ।

घाइते दम्पतीलाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट पठाइएकोमा बिरगंज स्थित नेशनल मेडिकल अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताएका छन्।

अर्की घाईते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भईरहेको र उनका छोरा सुजन क्षेत्री समेत संलग्न रहेको प्रहरीले जनाएको छ। मोटरसाईकल लाई ठक्कर दिएर चालकले पिकअप तीव्रगतिमा कुदाएर फरार भएका थिए।

दुर्घटनास्थलमा प्रहरी चौकी दुधिअवाबाट असई बिन्देश्वर प्रसाद यादवको कमाण्डमा तीन जनाको टोली खटिएको छ। माबी दुधिअवा अगाडी रहेको सिसी टिभी क्यामरामा ठक्कर दिएर भागेको पिकअप गाडीको नम्बर को २ त ३२६३ देखिएको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।

उक्त गाडीको सम्पूर्ण विवरण खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ। ठक्कर दिएको सवारी साधन हाल फरार रहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिइएको छ।

उक्त स्थान प्रहरी चौकी दुधिअवाबाट करिब १ किलोमिटर पूर्वमा पर्छ।

Comment


Related News